ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

चैत १२ मा नवनिर्वाचित सांसदलाई शपथ, दुई घण्टा अगावै उपस्थित हुन सचिवालयको आह्वान

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ कार्यक्रममा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

सचिवालयका अनुसार सांसदहरूको शपथ यही चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ।

शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य ल्याउन भनिएको छ।

सचिवालयले निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन आग्रह गरेको छ।

नेपाली भाषाबाहेक मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–३ अनुसारको शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिनअघि सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

यसैबीच, सचिवालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई आ–आफ्नो जिल्लाका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सूचनाबारे जानकारी गराउन समन्वय गर्न अनुरोध गरेको छ।

  himalayanvoice.com | ५ चैत्र २०८२, बिहीबार २३:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online