ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

कालीकोटको पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

कालीकोट । कालीकोटको पहाडी क्षेत्रमा हिमपात हुन थालेपछि चिसो बढेको छ । डाँडामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।

जिल्लाको विभिन्न डाँडाकाँडा तथा लेकाली बस्तीहरू सेताम्य बनेका छन् भने चिसो बढेको छ । स्थानीय हिमाल केसीका अनुसार लगातार परेको हिमपातका कारण लेकाली क्षेत्र लाता जाखुणा लगायत क्षेत्रमा हिमपात भएको छ ।

हिमपातले पशु बस्तुको गोठ खर्कमा आवत–जावतमा कठिनाइ भएको छ । विशेषगरी गाईबस्तु, भेडा बार्खाको बासस्थान हिउँले ढाकिँदा पशु चौपाया प्रभाबित भएका छन् । चिसोले गोठालो मारमा परेका छन् ।

कतिपय स्थानमा हिउँसँगै पानी असिना परेको छ । रास्कोट २ का जंगवहादुर खड्काले ठाँडामेला चणिपानी क्षेत्रमा हिमपात हुँदा चिसो भएको भेडा चरणमा समस्या भएको बताउनुभयो ।

लेकाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेकाले बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू समस्यामा परेको स्थानीयको भनाइ छ । यसैबिच, हिमपातले एकातिर जनजीवन कष्टकर बनाए पनि अर्कोतर्फ प्राकृतिक सौन्दर्य बढेको छ ।

  himalayanvoice.com | ६ चैत्र २०८२, शुक्रबार १४:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online