ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

पोखरामा १८ डि सिनेमा सञ्चालन

पोखरा । पर्यटनको राजधानी पोखरामा १८ डि सिनेमा सञ्चालनमा आएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि १८ डि सिनेमा पोखराको डिज्नील्याण्ड लेक साइडमा सञ्चालनमा ल्याएको हो ।

महानायक राजेश हमालले सिनेमाको औपचारिक उद्घाटन गर्दै सिनेमाको बिजनेसको हिसाबले पनि पोखरामा धेरै सम्भावना रहेको बताउनुभयो । सिनेमाको सहर पोखराले फरक शैलीको अनुभव गर्न पाउने बताउँदै उहाँले भन्नुभयो ‘‘पोखरा आफैँमा सुन्दर सहर हो । यहाँ धेरै सिनेमाहरू सुटिङ हुने गर्छन् । यो सिनेमा मात्र नभएर एउटा नयाँ संसारको यात्रा हो ।’’

फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौँमा सफलतापूर्वक सञ्चालन पछि दर्शकको अत्यधिक माया र सकारात्मक प्रतिक्रियाले पोखरामा विस्तार गरिएको बताउनुभयो ।

फ्लाइ नेपाल इन्टरटेनमेन्टका निर्देशक हिमाल थापाले साहसिक गतिविधिको सहर पोखरामा सिनेमाको अनुभव अझै फराकिलो बन्ने बताउनुभयो ।

  himalayanvoice.com | ६ चैत्र २०८२, शुक्रबार १५:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online