ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

लाछिलाई सुदर्शन कपिला पुरस्कार

काठमाडौँ । संस्कृतिविद् तथा नेपाल भाषा, कला र संस्कृति संरक्षण तथा प्रवर्धनमा सक्रिय गणेशराम लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’ प्रदान गरिएको छ ।  नेपाल भाषा तथा सांस्कृतिक सङ्घ झी पुचः विराटनगरद्वारा विराटनगरमा आयोजित कार्यक्रममा लाछिलाई दुई लाख रुपियाँसहित उक्त सम्मान प्रदान गरिएको हो । समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उहाँकी पत्नी कपिला श्रेष्ठको नाममा स्थापित ‘सुदर्शन–कपिला ट्रस्ट’ मार्फत नेपाल भाषा, कला र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्व तथा संस्थालाई यो सम्मान प्रदान गरिन्छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले पुरस्कार प्रदान गर्दै लाछिको योगदानको प्रशंसा गर्नुभयो । सङ्घका अध्यक्ष शरद श्रेष्ठले नेपाल भाषा, नेवार कला तथा सांस्कृतिक परम्पराको संरक्षणमा लाछिको दीर्घकालदेखि योगदानको प्रशंसा गर्नुभयो । यो सम्मान हरेक दुई वर्षमा प्रदान गरिन्छ । यसअघि उक्त सम्मान सत्यमोहन जोशी, भारतको सिक्किमस्थित नेवार गुठी तथा नेवा खल कास्कीलाई प्रदान गरिएको थियो ।

  himalayanvoice.com | ६ चैत्र २०८२, शुक्रबार १५:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online