ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

प्रतीक्षा

-सुष्मा शाक्य

टोलमा, देशमा, परदेशमा

प्रगति नै प्रगति देखेर आत्तिन्छौ कि तिमी !

मिथ्या भौतिकताको पछाडि हतारिन्छौ कि तिमी !

तर याद राख्नु मलाई

म साउने भेलमा होइन, पानीको जलाशयमा

चैतको हुरीमा होइन, वसन्तको शीतल बतासमा

मन्द मन्द फैलाउने फूलको बास्नामा

विश्वास राख्ने मान्छे ।

सधैँ त्यो कुहिरोपछाडिको घामलाई

पर्खेर बसिरहने छु, कुरिरहने छु ।

  himalayanvoice.com | ७ चैत्र २०८२, शनिबार १४:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online