ट्रेण्डिङ्ग:
|१०,००० मानिसहरू अटाउने आइस हिरासत बिरुद्ध एटलान्टा नगरद्वारा होमल्याण्ड सेक्युरिटी विरुद्ध मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

पाल्पा टिप्पर दुर्घटना: चार जनाको मृत्यु, सबैको पहिचान खुल्यो

पाल्पा। पाल्पाको माथागढी गाउँपालिका–७ रहबासमा शुक्रबार बेलुका करिब ६ बजे भएको टिप्पर दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।

दुर्घटनामा टिप्पर चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–४ निवासी अन्दाजी २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल बिक र रुपन्देहीको देवदह नगरपालिका–२ खैरेनी बस्ने २६ वर्षीय सुनिल नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, दुर्घटनामा घाइते पाल्पाको तानसेन नगरपालिका–१० निवासी ३३ वर्षीय राजन चिदीलाई उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको टिप्पर ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  himalayanvoice.com | ८ चैत्र २०८२, आईतवार ००:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online