ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

सरकार गठनको आन्तरिक तयारीमा रास्वपा रास्वपा गठन भएसँगै पार्टीको विधान महाधिवेश भइनसकेको अवस्थामा उक्त विधान परिमार्जन गर्ने अधिकार केन्द्रीय समितिमा छ । सोही अनुसार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई विधान परिमार्जन गरी संसदीय दलनको नेता चयन गर्नेबारे र सोही अनुसार सरकार गठनका लागि सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले आन्तरिक गृहकार्यमा जुट्नुभएको छ ।

काठमाडौँ । प्रतिनिधि सभामा झन्डै दुई तिहाइ (१८२ स्थानमा) जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ । प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेको रास्वपाको नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका  छन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार नवनिर्वाचित सांसदको चैत १२ गते संसद् भवनमा शपथग्रहणसँगै संसदीय दलको हालको विधान परिमार्जनलाई अन्तिम रूप दिएर संसदीय दलको नेता चयन गर्ने र त्यसलगत्तै प्रधानमन्त्रीको शपथ हुने छ । संसदीय दलको नेता चयन र सरकार गठनबारे भइरहेको तयारीबारे गोरखापत्र दैनिकसँग कुराकानी गर्दै प्रवक्ता झाले भन्नुभयो, “सर्वप्रथम नवनिर्वाचित सांसदको शपथ लिने र त्यसलगत्तै संसदीय दलको नेता चयन गरी प्रधानमन्त्रीको शपथग्रहण गर्नेबारे प्रक्रिया अघि बढाउने गरी पार्टीको शीर्ष नेतृत्व तहमा छलफल, परामर्श भइरहेको छ ।” रास्वपा र तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच रास्वपाको सभापतिमा रवि लामिछाने र शाह वरिष्ठ नेता रहने सहमति भएको थियो ।

दुवै पक्षबिचको सातबुँदे सहमतिमा वरिष्ठ नेता शाह प्रधानमन्त्री बन्ने सहमतिसहित पार्टी निर्वाचनमा होमिएको थियो । निर्वाचनमा असाधारण जनमत पाएको रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न पार्टीको विधानलाई परिमार्जन गरी समय अनुकूल बनाउन लागिएको र आगामी केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गर्ने गरी तयारी भइरहेको पनि प्रवक्ता झाले जानकारी दिनुभयो ।

रास्वपाको विधान, २०७९ को धारा ६६ मा सङ्घीय संसद्मा निर्वाचित साधारण सदस्य रहने तथा धारा ६६ (८) मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । उक्त विधानमा पार्टीका तर्फबाट सङ्घीय निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारबाट प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

रास्वपा गठन भएसँगै पार्टीको विधान महाधिवेश भइनसकेको अवस्थामा उक्त विधान परिमार्जन गर्ने अधिकार केन्द्रीय समितिमा छ । सोही अनुसार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई विधान परिमार्जन गरी संसदीय दलनको नेता चयन गर्नेबारे र सोही अनुसार सरकार गठनका लागि सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले आन्तरिक गृहकार्यमा जुट्नुभएको छ ।

निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यलाई बिहीबार प्रमाणपत्र वितरण गरेको छ । गत बिहीबार आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेको छ ।

सङ्घीय संसद् सचिवालयले रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति र राप्रपाका प्रतिनिधिसँग परामर्श गरी यही चैत १२ गते सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा शपथ गराउने जनाएको छ । सांसदको शपथको भोलिपल्ट चैत १३ गते प्रधानमन्त्रीको शपथ र मन्त्रीपरिष्द गठनको तयारी भइरहेको छ ।

रास्वपाले आफ्नो सम्पूर्ण प्रक्रिया पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाहको शपथको प्रबन्धका लागि राष्ट्रपति कार्यालयमा प्रस्ताव पठाउने गृहकार्य गरिरहेको छ । रास्वपा स्रोतका अनुसार बालेन्द्र शाहले १५ देखि १८ सदस्यीय मन्त्रीपरिषद् गठन गर्ने र कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेबारे मोटामोटी नामावलीसमेत तयार भइसकेको छ ।

  himalayanvoice.com | ८ चैत्र २०८२, आईतवार ००:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online