ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीलाई आइतबार बालुवाटारमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गर्नुभएकाे छ ।

प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकी तुलाधर, आयुक्त सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत कर्मचारीको टोलीलाई प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा स्वच्छ र निष्पक्ष ढङ्गले सम्पन्न गर्न सफल भएकोमा बधाई पनि दिनुभयो।

उहाँले आयोगले गरेको मिहिनेतको उच्च सह्राहना गर्दै नेपालको निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित भएकोमा प्रसन्नता पनि व्यक्त गर्नुभयो। अनेकौँ चुनौतीको सामना गरेर निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएर काम गर्ने क्षमता आयोगको नेतृत्वमा देखिएको भन्दै उहाँले प्रशंसा पनि गर्नुभयो।

प्रधानमन्त्री कार्की भन्नुभयो, ‘निर्वाचन घोषणा हुनासाथ तपाईंहरुले जुन मिहिनेत र प्रतिबद्धताका साथ काम गर्नुभयो, त्यसैको परिणामस्वरुप आज तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुन सकेको हो। गुणस्तरीय निर्वाचनको मानक स्थापना गर्न सम्भव भएको छ। सुशासनको प्रस्थानविन्दु नै गुणस्तरीय निर्वाचन हो। तसर्थ यो सफलता दिगो लोकतन्त्रका लागि पनि ऐतिहासिक र महत्त्वपूर्ण छ। यो सफलता हामी सबैको खुसी र गौरवको विषय हो।’

आयोगका तर्फबाट कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको नतिजा प्रतिवेदनको एक प्रति प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलगायतको पनि उपस्थिति थियो।

  himalayanvoice.com | ८ चैत्र २०८२, आईतवार ११:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online