ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब  ११ खर्बको व्यापार घाटा बेहाेरेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार उक्त अवधिमा कुल  १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो।

पछिल्लो आठ महिनामा  १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र  एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ ।

गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र पाँच खर्ब ६७ अर्ब ३९ करोड छ । यस अवधिसम्ममा भारतबाट  सात खर्ब २४ अर्ब छ करोडको वस्तु आयात भएको छ भने  एक खर्ब ५६ अर्ब ६६ करोड बराबरको निर्यात भएको छ ।

त्यस्तै, छिमेकी मुलुक चीनसँग  दुई खर्ब ७५ अर्ब ६६ करोड ७० लाखको आयात र  ९८ करोड ३३ लाखको निर्यात हुँदा  दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाखको व्यापार घाटा बेहोर्नुपरेको विभागले जनाएको छ ।

नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन् ।नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्यान्ड, नाइजर, इराक, केन्यालगायत छन् । पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्यान्डसँग दुई करोड ५७ लाख बराबर व्यापार नाफा देखिएको छ ।

यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो आठ महिनामा  ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख बराबरको एलपी ग्यास आयात भएको छ ।

त्यस्तै, ८१ अर्ब १८ करोड ६४ लाख बराबरको कच्चा भटमास तेल आयात भएको छ भने २९ अर्ब ९३ करोड ५९ लाख बराबरको स्मार्टफोन, ३६ अर्ब ८२ करोड ३० लाखको फलामजन्य वस्तु, २३ अर्ब ४९ करोड ६७ लाखको सुन,  १८ अर्ब ४४ करोड ७८ लाखको चाँदी आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । पछिल्लो आठ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमास तेल निर्यात भएको छ ।

त्यस्तै, नौ अर्ब ४९ करोड, ६१ लाखको अलैँची,  छ अर्ब ५३ करोड ९६ लाखको कार्पेट,  छ अर्ब २० करोड २३ लाखको सूर्यमुखी तेल,  चार अर्ब ३२ करोडको पाम तेल निर्यात भएको छ । रासस

  himalayanvoice.com | ८ चैत्र २०८२, आईतवार ११:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online