ट्रेण्डिङ्ग:
|१०,००० मानिसहरू अटाउने आइस हिरासत बिरुद्ध एटलान्टा नगरद्वारा होमल्याण्ड सेक्युरिटी विरुद्ध मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

प्रधानमन्त्री कप क्रिकेट: एपीएफ विजयी

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै जित हासिल गरेको छ ।

काठमाडौँको मूलपानिस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै जित हासिल गरेको हो । २७२ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमै समेटियो ।

बागमतीका लागि विवेक मगरले ३४ रन बनाए भने उत्तम मगरले २६ रनको योगदान दिए । त्यस्तै सुवास खत्रीले २७ रन तथा रिजन ढकाल अविजित २० रन जोडे ।

बलिङतर्फ एपीएफका रोहित पौडेल र अभिषेक गौतम ले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए । साथै युवराज खत्री, नन्दन यादव र कमल ऐरीले समान एक एक  विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको  एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रनको  योगफल तयार पारेको थियो । एपीएफका लागि आसिफ शेखले सर्वाधिक ११४ रनको योगदान दिए । उनले १४ चौका र ३ छक्काको सहयोगमा ११४ रनको योगदान दिएका हुन ।

त्यस्तै  सन्दीप जोराले ५२ रनको महत्वपूर्ण योगदान दिए। लोकेश बमले २९ रन, युवराज खत्रीले अविजित २६ रन बनाए भने कप्तान रोहित पौडेलले ९ रन जोडे बलिङतर्फ बागमतीका रिजन ढकालले चार विकेट लिए भने इसान पाण्डेले दुई विकेट झारे । त्यस्तै सन्दिप लामिछाने र सोनु देवकोटाले समान एक एक विकेट लिए ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ ।

हिजोदेखि सुरुआत भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु १० लाख पाउँदा उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । रासस

  himalayanvoice.com | ८ चैत्र २०८२, आईतवार ११:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online