ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

यु–२० साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले माल्दिभ्समा सोमबारदेखि सुरु भएको यु–२० साफ च्याम्पियनसिपमा विजयी सु्रुवात गरेको छ ।

मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकाल्यो । नेपालका लागि सुजन डंगोलले पाँचौँ र सुवास बमले ५२औँ मिनेटमा गोल गर्नुभयो । भुटानका ढेनदुप ग्याल्जेनले ८३औँ मिनेटमा गोल फर्काउनुभयो ।

चैत २१ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपाल, भुटान, आयोजक माल्दिभ्स र श्रीलङ्का रहेको छ ।

नेपालले समूहको दोस्रो खेल मार्च २५ मा श्रीलङ्का र अन्तिम खेल मार्च २७ मा माल्दिभ्ससँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेको छ ।  राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

  himalayanvoice.com | ९ चैत्र २०८२, सोमबार ११:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online