ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

एपिएफ क्लबविरुद्ध नेपाल पुलिस क्लबको फराकिलो जित

काठमाडौँ । ओपनर दिनेश खरेलको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित हासिल गरेको छ ।

मङ्गलवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध १८५ रनको फराकिलो जित हात पारेको हो ।

एपिएफले टस जितेर बलिङ रोजे पछि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रनको विशाल योगफल तयार गरेको थियो ।

प्रतियोगिताको इतिहासमा बनेको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि एपिएफले २०१८ को दोस्रो संस्करणमा तत्कालीन प्रदेश नम्बर २ विरुद्ध ३३९ रनको योगफल तयार गरेको थियो ।

३५६ रनको विशाल लक्ष्य पछ्याएको एपिएफले ४४ ओभरमा सबै विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।

प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित हात पारेको पुलिसको यो पहिलो जित हो । पुलिस पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । दोस्रो खेलमा एपिएफको भने यो पहिलो हार हो । एपिएफले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो ।

अर्को खेलमा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले गण्डकी प्रदेशलाई १७० रनले पराजित गरेको हो । २९५ रनको लक्ष्य पछ्याएको गण्डकीले खराब ब्याटिङ गर्दा ३१ दशमलब ५ ओभरमा १२४ रनमै अलआउट भयो । रनमा आउट हुनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

त्यसअघि टस जितेर गण्डकीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रनको योगफल तयार गरेको हो ।

दोस्रो खेल पहिलो जित हात पारेको बागमतीको २ खेलमा २ अंक भएको छ । पहिलो खेल खेलेको गण्डकीले हारबाट प्रतियोगिता सुरुवात गरेको छ ।

प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागिता रहन्छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । काठमाडौँको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेल मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।

  himalayanvoice.com | १० चैत्र २०८२, मंगलवार १४:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online