ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

बालेन शाहलाई संसदीय दलको नेता चयन गर्न रास्वपाको विधान परिमार्जन गरिँदै “अब बन्ने सरकारमा बढीमा १५ देखि १९ वटा मात्र मन्त्रालय रहने छन् र सरकारको प्रमुख ध्यान मुलुकमा सुशासन कायम गर्नु रहने छ ।”

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका प्रत्यासी बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता चयन गर्न विधान परिमार्जनको तयारी सुरु गरेको छ । बुधबार रास्वपा केन्द्रीय कार्यालय चःमतिमा बस्ने केन्द्रीय समिति बैठकले वरिष्ठ नेता शाहलाई दलको नेता चयन गर्न विधानमा भएको बाधा अड्काउ (धारा ८०) फुकाउने जनाएको छ ।

रास्वपाको स्थापनापछि विधान महाधिवेशन भइनसकेकाले मौजुदा विधानमा भएका बाधाअड्काउ फुकाउने अधिकार केन्द्रीय समितिमा रहेको छ । विधान परिमार्जनपछि दलको बैठक बसेर वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । आसन्न केन्द्रीय समितिको बैठकका कार्यसूचीमै संसदीय दलको नेता चयनसम्बन्धी प्रस्ताव रहेको उल्लेख गरिएको छ ।

पार्टी प्रवक्ता मनीष झाका अनुसार प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूको शपथग्रहणसँगै संसदीय दलको नेता चयन हुने छ ।  दलको नेता चयनपछि चैत १३ गते शुक्रबार शाहले प्रधानमन्त्रीका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिने तयारी छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीपरिषद् गठन गर्नेबारे सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डोलप्रसाद (डिपी) अर्याल र डा. स्वर्णिम वाग्लेबिच निरन्तर छलफल र परामर्श भइरहेको छ ।

पार्टी प्रवक्ता झाले मङ्गलबार त्रिवि पत्रकरिता तथा आमसञ्चार विभाग र युनेस्कोद्वारा आयोजित दक्षिण एसियामा अभिव्यक्त स्वतन्त्रता र सूचनाको पहुँच विषयक छलफल कार्यक्रममा बोल्दै आगामी सरकारमा सानो मन्त्रीपरिषद् बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब बन्ने सरकारमा बढीमा १५ देखि १९ वटा मात्र मन्त्रालय रहने छन् र सरकारको प्रमुख ध्यान मुलुकमा सुशासन कायम गर्नु रहने छ ।”

रास्वापाबाट सरकारमा सहभागी हुने व्यक्तिहरूको सार्वजनिक चर्चा सुरु भए पनि बिहीबार मात्र नाम टुङ्गो लाग्ने जनाइएको छ । बुधबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले सांसद पदको शपथ लिनुहुने र बिहीबार नवनिर्वाचित सांसदहरूलाई उहाँले शपथ गराउने तालिका तय भइसकेको छ ।

भावी प्रधामनन्त्रीका रूपमा शाहको शपथ नेपालको संविधानको धारा ७६ को १ अनुसार शुक्रबार राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा गराउने गरी तयारी भइरहेको छ । शाह प्रधानमन्त्री नियुक्त भएसँगै केही मन्त्रीको नियुक्ति हुने वा सबै मन्त्रीको शपथ एकसाथ गर्ने भन्नेबारे छलफल भइरहेको छ । मन्त्री चयन गर्दा विषय विज्ञताका आधारमा छनोट गर्ने र प्रतिनिधि सभाका सभामुख, प्रमुख सचेतकलगायत चयनबारे पनि छलफल भइरहेको छ । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भई निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेको एक महिनाभित्र संसद्को पहिलो बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

  himalayanvoice.com | १० चैत्र २०८२, मंगलवार २३:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online