ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

काँग्रेस गगन समुहको १५ औँ महाधिवेशन असोजमा

काठमाडौँ । नेपाली काँग्रेस गगन समुहले १५ औँ महाधिवेशन कार्यतालिका संशोधन गरेको छ । पार्टीको आजको केन्द्रीय समिति बैठकले २ भदौबाट वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

यसअघि मंगलबारको बैठकमा ६ साउनमा वडा अधिवेशन सुरु गर्ने कार्यतालिका प्रस्तुत गरिएको । उक्त कार्यतालिकालाई संशोधन गरेर नयाँ कार्यतालिका ल्याइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ती केन्द्रीय सदस्यका अनुसार गाउँ-नगर अधिवेशन ७ भदौका लागि धकेलिएको छ । यसअघि १२ साउनमा गाउँ-नगर अधिवेशन गरिने कार्यतालिका थियो ।

यस्तै २३ साउनका लागि प्रस्ताव भएको प्रदेश सभा क्षेत्रीय अधिवेशन संशोधन गरेर १७ भदौमा आयोजना हुने भएको छ ।

३० साउन ३० मा गर्ने भनिएको क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २४ भदौमा गर्ने निर्णय काँग्रेसले गरेको छ । त्यसैगरी ६ र ७ भदौका लागि प्रस्ताव गरिएको एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २ र ३ असोजमा हुने भएको छ ।

प्रदेशहरूको अधिवेशनलाई ७ र ८ असोजमा हुने भएको छ । यसअघि प्रदेश अधिवेशन १५ र १६ भदौमा गर्ने प्रस्ताव बैठकमा गरिएको थियो ।

आगामी १६, १७, १८ र १९ असोजमा १५ औँ महाधिवेशनका लागि मिति तय गरिएको छ । महाधिवेशन काठमाडौँमा आयोजना हुने भएको छ । यसअघि २४-२६ भदौमा १५ औँ महाधिवेशन प्रस्ताव भएको थियो ।

  himalayanvoice.com | ११ चैत्र २०८२, बुधबार ११:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online