ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको पहिलो बैठकले जेनजी प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले सरकारसमक्ष पेश गरेको प्रतिवेदन बमोजिम सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गर्ने र सो समितिको सिफारिस बमोजिम कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, जेनजी प्रदर्शन सम्बन्धमा आयोगले गरेको अन्य सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री पोखरेलले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले सरकारका शासकीय सुधारका एक सय कार्यसूची तयार गरी सार्वजनिक गर्ने र नेपाल सरकारको प्रवक्तामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ ।

  himalayanvoice.com | १३ चैत्र २०८२, शुक्रबार ११:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online