ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

दीपक खरेलको एकल साँझ ‘इकोज अफ इटरनिटी’ हुने

काठमाडौँ । नेपाली सुगम संगीतका अमर स्वर दीपक खरेलको पहिलो वृहत् अर्केस्ट्रासहितको एकल साँझ ‘इकोज अफ इटरनिटी चैत्र २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ ।

कार्यक्रममा खरेलले आफ्ना कालजयी ‘पूर्णिमाको रात पनि’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘यो कर्मभूमीको आँगनमा’, ‘प्रतिक्षा गर मेरी मायालु’, ‘बादल बनाइदेऊ’, ‘गरुँ कि मिठो भूल’ र ‘बिहानीको सिरेटोमा’सहित १७ गीतहरू प्रस्तुत गर्नुहुनेछ ।

यस विशेष सांगीतिक साँझमा नर्वेका चार जना कलाकारसहित कुल ५२ जना वाद्यवादक तथा १६ जना युवा तथा बालबालिकाको कोरस प्रस्तुति रहने आयोजक संस्था सुधाकर भ्वाइलिन स्कुलले जनाएको छ ।

कार्यक्रममा ११ वर्षदेखि ७० वर्ष उमेर समूहका संगीतकर्मीहरूको सहभागिता रहने र यसले संगीतको तीन पुस्ताबीचको सांगीतिक सेतु निर्माण गर्ने आयोजकले बताएको छ।

“नेपाली सुगम संगीत रुचाउनेहरूका लागि यो कार्यक्रमबाट अविस्मरणीय अनुभव दिनका लागि म तयारी गरिरहेको छु । यस खालको अर्केस्ट्रासहितको कार्यक्रमले श्रोताहरूलाई एउटा फरक अनुभव दिनेछ,” गायक खरेलले बताउनुभयो ।

कार्यक्रमका परिकल्पनाकार सुधाकर वस्तीका अनुसार “इकोज अफ इटरनिटी” खरेलका कालजयी गीतहरूको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

“नेपाली संगीतप्रेमीका लागि एक ऐतिहासिक सांगीतिक अनुभव दिनका लागि वृहत् आर्केस्ट्रासहित कार्यक्रम आयोजन गर्न लागिएको हो,” वस्तीले बताउनुभयो ।

कार्यक्रमका लागि सहयोगी संस्थाकाका रुपमा  काठमाण्डौँ प्रज्ञा कुञ्ज स्कूल र अन्नपूर्ण स्कूल अफ अर्केस्ट्रा रहेका छन् । कार्यक्रमको टिकट खल्ती एपमा उपलब्ध हुने बताइएको छ । गायक खरेल नेपाली सुगम संगीतका एक विशिष्ट र कालजयी स्वर हुनुहुन्छ ।

वि.सं २०१३ साल साउन १३ गते काभ्रेपलाञ्चोकमा जन्मिनुभएका खरेलले बाल्यकालदेखि नै संगीतप्रति गहिरो लगाव राख्दै आफ्नो सांगीतिक यात्रा अघि बढाउनुभएको हो । उहाँले २०३४ सालमा ‘मैले रचेको गीत’ बाट औपचारिक गायन यात्रा सुरु गर्नुभएको थियो ।

  himalayanvoice.com | १६ चैत्र २०८२, सोमबार १२:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online