ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

वैदेशिक रोजगारमा जाने कामदारले सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । 

मन्त्री दिपककुमार साहको नेतृत्वमा आज बसेको मन्त्रिस्तरीय बैठकले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।

नेपाल मेडिकल व्यवसायी सङ्घका महासचिव कृष्णप्रसाद  बजगाईँले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गराउनु सकारात्मक देखिए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

श्रम तथा रोजगार मन्त्रालयको मापदण्डअनुसार हाल १९४ वटा स्वास्थ्य संस्थाले नवीकरण गरेका छन् । यिनै संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण हुँदै आएको थियो । रासस

  himalayanvoice.com | १७ चैत्र २०८२, मंगलवार १०:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online