ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

एमाले संसदीय दलको नेतामा थापा सर्वसम्मत चयन

काठमाडौँ । नेकपा (एमाले)को संसदीय दलको बैठकले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’लाई चयन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका बिरिष्ठ उपाध्यक्ष थापालाई सर्वसम्मत चयन गरेको नेकपा एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बैठक भर्खर सकियो । संसदीय दलको नेतामा रामबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ ।”

थापा नेकपा एमालेकाे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुनुहुन्छ।

संसदीय दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गर्नुभएको थियो तर पछि समझदारी बनेपछि अन्तिम समयमा उहाँले दाबी फिर्ता लिनुभएको थियो ।

  himalayanvoice.com | १८ चैत्र २०८२, बुधबार १५:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online