ट्रेण्डिङ्ग:
|इरानमाथि अमेरिकी नाकाबन्दीले जहाजहरूलाई कसरी घुम्न अनुमति दियो?|फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ मा गार्डहरूले बन्दीहरूलाई कुटे र खुर्सानी छर्के – वकिल|आइटिएफ टेनिसको सेमिफाइनल समीकरण पूरा|सुनचाँदीको मूल्यमा सामान्य वृद्धि|सुरक्षा संयन्त्रको जाँचबुझ गर्न प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन|तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा|काँग्रेस कार्यबहाक सभापति खड्कालाई सातदिने स्पष्टीकरण|क्यालिफोर्नियाको सानफ्रान्सिस्को सीटीद्वारा नेपाली नयाँ वर्ष वैशाख १ लाई मान्यता|दीपक खड्काको मुद्धामा अनुसन्धान फाइल झिकाउने आदेश|सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

भारतमा इन्धन महँगियो, युद्धको असर देखिँदै

नयाँ दिल्ली । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ । यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ ।

भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ) को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख सहरहरूमा पनि यस्तै वृद्धि गरिएको छ । एटिएफ हवाई सेवा सञ्चालनको प्रमुख लागत भएकाले यसको मूल्यवृद्धिले हवाई भाडामा समेत प्रभाव पार्न सक्ने बताइएको छ ।

मन्त्रालयले मध्यपूर्व युद्धका कारण विश्व ऊर्जा बजारमा असाधारण अवस्था सिर्जना भएको र विशेषगरी स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल तथा ग्यास आपूर्ति प्रभावित भएको उल्लेख गरेको छ । यस्तो परिस्थितिमा एटिएफको मूल्य १०० प्रतिशतभन्दा बढीले बढ्ने अनुमान गरिएको थियो । तर सरकारले आन्तरिक हवाई यात्रामा प्रत्यक्ष असर कम गर्न ‘आंशिक र सीमित’ रूपमा करिब २५ प्रतिशत मात्र मूल्य समायोजन गरिएको जनाएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय उडानतर्फ भने पूर्ण मूल्यवृद्धिको प्रभाव लागू हुने बताइएको छ, जसअनुसार विदेशी गन्तव्यमा उडान गर्ने विमानहरूले बढेको इन्धन लागत पूरै वहन गर्नुपर्नेछ ।

व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने तरलीकृत पेट्रोलियम ग्यास ९एलपिजी० को मूल्य पनि बढाइएको छ । दिल्ली, कोलकाता, मुम्बई र चेन्नईमा १९ किलोग्रामको ग्यास सिलिन्डरको मूल्य करिब २०० भारतीय रुपैयाँले वृद्धि गरिएको छ ।

भारत विश्वको चौथो ठूलो एलएनजी आयातकर्ता र दोस्रो ठूलो एलपिजी खरिदकर्ता हो, जसले मुख्य रूपमा मध्यपूर्वबाट आपूर्ति लिन्छ । यसैले त्यहाँको द्वन्द्वले भारतीय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।

तर यसपटकको मूल्य समायोजनमा घरेलु प्रयोजनका एलपिजीको मूल्य भने यथावत् राखिएको छ, जसले सामान्य उपभोक्तालाई तत्काल थप भार नपर्ने सङ्केत दिएको छ । रासस

  himalayanvoice.com | १८ चैत्र २०८२, बुधबार १५:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online