ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

अमेरिकाद्वारा नेपाल भ्रमणसम्बन्धी ‘ट्राभल एडभाइजरी’ “थप सावधानी अपनाउनु पर्ने” "सेप्टेम्बर २०२५ बाट सुरु भएका प्रदर्शनहरू रोकिएका छन् र सुरक्षा अवस्था स्थिर छ । तर, सहरहरूमा अझै पनि स्थानीय स्तरमा सानातिना विरोध प्रदर्शन हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।"

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएको देशव्यापी प्रदर्शनहरू साम्य भई सुरक्षा अवस्था स्थिर बनेपछि अमेरिकाले आफ्नो नागरिकका लागि ‘एडभाइजरी’ अपडेट गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयद्वारा जारी नयाँ सार्वजनिक सूचना अनुसार नेपालमा सुरक्षा स्थिति सामान्य बन्दै गएको उल्लेख छ । यसअघि उच्च जोखिम देखाइएकोमा अहिले यसलाई घटाएर “थप सावधानी अपनाउनु पर्ने” तहमा झारिएको छ ।

अद्यावधिक गरिएको सारांशमा भनिएको छ, “सेप्टेम्बर २०२५ बाट सुरु भएका प्रदर्शनहरू रोकिएका छन् र सुरक्षा अवस्था स्थिर छ । तर, सहरहरूमा अझै पनि स्थानीय स्तरमा सानातिना विरोध प्रदर्शन हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।”

अमेरिकी नागरिकहरूलाई चेतावनी दिँदै भनिएको छ- प्रदर्शनहरू कुनै पूर्वसूचना बिना हुनसक्ने र कहिलेकाहीँ हिंसात्मक रूप लिन सक्ने भएकाले भीडभाडबाट टाढा रहन र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न सुझाव दिइएको छ ।

स्वास्थ्य सेवा र आपत्कालीन अवस्था

नेपालको स्वास्थ्य सेवाका सम्बन्धमा एडभाइजरीमा काठमाडौँका अस्पतालहरू तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा राम्रो भए पनि उपकरण र औषधीको अभाव हुन सक्ने उल्लेख छ । विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले नबेहोर्ने भएकाले आफ्ना नागरिकलाई अनिवार्य रूपमा ‘ट्राभल इन्स्योरेन्स’ गर्न र आवश्यक औषधी साथमै बोक्न आग्रह गरिएको छ ।

प्राकृतिक प्रकोपको जोखिम

नेपाल भूकम्पीय जोखिम भएको क्षेत्र हुनुका साथै जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा बाढी र पहिरोको उच्च जोखिम रहने कुरालाई पनि एडभाइजरीमा विशेष जोड दिइएको छ । बाढी-पहिरोले सडक अवरुद्ध हुने र आपत्कालीन सेवामा पहुँच कठिन हुन सक्ने भन्दै सावधानी अपनाउन भनिएको छ ।

यात्रुहरूका लागि सुझाव:

अमेरिकी दूतावासको ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’ मा दर्ता हुन ।

नेपालको पछिल्लो समाचारका लागि स्थानीय सञ्चारमाध्यमहरू नियमित रूपमा फलो गर्न ।

भिडभाड र प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन ।

यात्रा गर्नुअघि ‘इन्टरनेसनल ट्राभल चेकलिस्ट’ प्रयोग गर्न र व्यापक स्वास्थ्य बिमा सुनिश्चित गर्न ।

नेपालमा राजनीतिक स्थिरता कायम हुँदै गएको र सुरक्षा अवस्थामा सुधार आएका कारण अमेरिकाले ट्राभल एडभाइजरीको तह घटाउनुलाई पर्यटन क्षेत्रका लागि सकारात्मक सङ्केतका रूपमा हेरिएको छ ।

  himalayanvoice.com | १८ चैत्र २०८२, बुधबार १५:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online