ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

आजदेखि एसइई सुरु

काठमाडौँ । आजदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक महिनाभित्रै सार्वजनिक हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले यसको तयारी गरिरहेको छ । यसअघि परीक्षा सकिएको सामान्यतया तीन महिनाभित्र नतिजा प्रकाशन हुँदै आएको थियो । 

गत वर्ष चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसइईको नतिजा तीन महिनापछि अर्थात् असार १३ गते सार्वजनिक भएको थियो । त्यतिबेला पनि एसइई सकिनेबित्तिकै शिक्षक आन्दोलनका कारण एक महिनापछि मात्रै उत्तरपुस्तिका परीक्षण सुरु भएको थियो । त्यतिबेला पनि तीन महिनामै नतिजा सार्वजनिक भएको देखिए पनि नतिजा प्रकाशनसँग सम्बन्धित काम भने दुई महिना मात्रै भएको थियो । यस पटक भने एक महिनाभित्रै नतिजा सार्वजनिक गरिने बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले बताउनुभयो ।

उहाँका अनुसार एक महिनाभित्र नतिजा प्रकाशनका लागि परीक्षा सञ्चालन भएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिने छ । भौगोलिक विकटता र अन्य प्राविधिक जटिलता हुने ठाउँको उत्तरपुस्तिका भने अन्य केन्द्र वा वैकल्पिक ठाउँमा लगेर परीक्षण गरिने छ । यसका लागि थप कार्यविधि निर्माणको लागि मन्त्रालयमा छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “कार्यविधि बनिरहेको छ । छिट्टै पारित भएर कार्यान्वयनमा पनि जाला । तर एक महिनामै नतिजा प्रकाशन गर्न मन्त्रालयबाट निर्देशन भइसक्यो । हामी त्यसैको तयारीमा जुटिसक्यौँ ।”

चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने एसइईका लागि सम्पूर्ण तयारी पूरा भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी हुने भएका छन् । बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार परीक्षामा दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र सहभागी हुँदै छन् । परीक्षाका लागि एक हजार ९६६ केन्द्र तोकिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।

  himalayanvoice.com | १८ चैत्र २०८२, बुधबार २२:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online