ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

शङ्कर ग्रुपका सञ्चालक अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी घराना शङ्कर ग्रुपका सञ्चालक शङ्कर अग्रवाललाई नियन्त्रणमा लिएको  छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अग्रवाललाई  शुक्रबार विभागमा रहेको सुरक्षा टोलीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले पुष्टि गरेका छन् । 

सम्पत्ति शुद्धीकरण कसुरमा अग्रवालमाथि विभागले अनुसन्धान गरिरहेको छ । अग्रवालमाथि विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको समयमा कालोबजारी गरेको, ठुलो मात्रामा कर तथा भ्याट छली गरेको, फिडरलाइनमा अनियमितता गरेको, गुणस्तरहीन वस्तु उत्पादन गर्दै उपभोक्ता ठगी गरेको र विद्युत् प्राधिकरणमा दुई अर्ब ६५ करोड रुपियाँ बक्यौता नतिरेको आरोप छ ।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विवादास्पद व्यवसायी दीपक भट्टलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको थियो ।  भट्ट र अग्रवाललगायतका समूहले शक्तिकेन्द्रलाई प्रभावमा पारेर अदृश्य रूपमा ठुलो आर्थिक हिनामिना गरी राज्यलाई नोक्सानमा पार्दै आएको आरोप लाग्दै आएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका भट्टको पासपोर्ट पनि रोक्का गरिएको थियो । सम्पत्ति शुद्धीकरण विभागले भट्ट, अग्रवाल र अन्य विवादास्पद व्यावसायीमाथि  अनुसन्धान गरिरहेको छ ।

  himalayanvoice.com | २० चैत्र २०८२, शुक्रबार २३:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online