ट्रेण्डिङ्ग:
|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

नेपालभाषा मनोरञ्जन क्षेत्रका श्रष्टालाई पुरस्कृत गरिने

काठमाडौँ । नेपालभाषा मनोरञ्जन क्षेत्रका सर्जकलाई सम्मान गर्ने उद्देश्यका साथ ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को घोषणा गरिएको छ । सिटी सेन्टरमा आयोजित एक कार्यक्रमका बीच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा अवार्डको पाँचौँ संस्करण घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिसीले नेपालभाषा राष्ट्रको मौलिक भाषा भएकाले यस भाषामार्फत आफ्ना सिर्जना पस्कने सर्जकलाई प्रोत्साहित गर्न यस्ता कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । सामाजिक सञ्जालमा आउने ‘भ्यूज’ का सङ्ख्याले मात्र कुनै पनि सिर्जनाको मूल्याङ्कन अन्तिम नहुने बताउँदै उहाँले नैतिकता र पारदर्शिताका आधारमा अवार्ड कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले यस किसिमको अवार्डले सर्जकमा काम गर्ने आत्मबल थपिने र प्रोत्साहित हुने बताउनुभयो । उहाँले तीन वर्षको अन्तरालमा भइरहेको यो कार्यक्रमको अवधि छोटो बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेपालभाषा, साहित्य र मनोरञ्जन क्षेत्रको विकासका लागि आफूहरू सदैव तत्पर रहेको प्रबन्ध निर्देशक नरेशवीर शाक्यले बताउनुभयो । उहाँले नेपालभाषा मनोरञ्जन क्षेत्रमा सक्रिय रहनुभएका श्रष्टाको योगदानलाई सम्मान गर्नकै लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

६० प्रतिशत निर्णायक मण्डल र ४० प्रतिशत सार्वजनिक मतका आधारमा उत्कृष्ट नेपालभाषाका गीत, सङ्गीत, म्युजिक भिडियो तथा चलचित्रलाई अवार्ड वितरण गरिने छ । यस क्षेत्रमा विशिष्ट योगदान दिनुभएका एक सर्जकलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । आज घोषणा भएको अवार्डका लागि चैत २१ गतेदेखि २०८३ वैशाख ५ गतेसम्म आफ्ना कृति समावेश गर्न आह्वान गरिएको छ ।

  himalayanvoice.com | २१ चैत्र २०८२, शनिबार १२:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online