ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

गुल्मीमा जिप दुर्घटना, दुईको मृत्यु, ११ घाइते

गुल्मी । गुल्मी दरबार गाउँपालिका –४ मिसुका स्थित भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । बिरबासबाट मिसुका तर्फजादै गरेको चालक शेरबहादुर ढेंगाले चलाएको लु १ च ४९०६ नम्बरको बलेरो पिकअप जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिप स्थानीय  फुलमाया श्रेष्ठको घरमा ठोकिन गई दुर्घटना भएको थियो । दुर्घटनाटना गुल्मी दरवार गाउँपालिका –४ बिरबास मिसुकाको ३५ बर्षिया कृष्णा ढेगा र ४० बर्षिया मिना सनामीको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । दुर्घटनामा गुल्मीदरबार गाउँपालिका ४ मिसुका बस्ने ४० बर्षिया जमुना ढेगा, ४५ बर्षिया सुमित्रा ढेगा, ३६ बर्षिया पार्वती ढेगा, ३० बर्षिया पम्फा ढेगा, ४० बर्षिय जमुना ढेगाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

त्यस्तै, सोही स्थानकै ४४ बर्षिया खगी ढेगा, २४ बर्षिया निर्मला ढेगा, ८ बर्षिया चाया ढेगा, ३१ बर्षिया माया ढेगा र ५५ बर्षिया नैना ढेगा शरिरको अबस्थामा मध्यम रहेको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो । घाइतेको शृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

  himalayanvoice.com | २२ चैत्र २०८२, आईतवार १२:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online