ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

‘उल्टो थपडी’ कविता संग्रह विमोचन

प्यूठान । साहित्यकार राजकुमारी कुँवर (सानु गुल्मेली) को ‘उल्टो थपडी’ कविता संग्रह विमोचन भएको छ । कविता संग्रहमा ५५ वटा कविता समावेश छन् ।

श्रीमान र परिवारको सहयोगले आफुले कविता संग्रह प्रकाशन गर्न सफल भएको कुँवरले बताउनुभयो । उहाँले आफ्नो कृति अध्ययन गरेर सुझाव दिन समेत सबैलाई आग्रह गर्नुभएको छ । कृतिको आवरण आफ्नै छोरी आकृति खड्काले तयार गरेको उहाँले बताउनुभयो ।

गुल्मी पुर्कोटदहमा जन्मिनुभएको कुँवर क्षेत्र विकास माध्यमिक विद्यालय प्यूठान नगरपालिका–७ पुण्यखोलामा शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । उहाँले स्नातकोत्तरसम्म शिक्षा हासिल गर्नुभएको छ ।

साहित्यकार कुँवरले गत वर्ष ऐजेरु कथा संग्रह प्रकाशन गर्नुभएको थियो । उहाँ लुम्बिनी वाङ्मय प्रतिष्ठान प्यूठान शाखाको अध्यक्ष, नेपाल बाल साहित्य समाज लुम्बिनी प्रदेशको सचिव, साहित्य परिषद प्यूठानको सचिव, राप्ती साहित्य परिषद प्यूठान लगायत क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

  himalayanvoice.com | २३ चैत्र २०८२, सोमबार १२:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online