ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

पिकेको निर्देशनमा ‘तरङ्ग’

काठमाडौँ । प्रदीपकुमार चौधरी (पिके) को डेब्यु निर्देशकीय चलचित्र ‘तरङ्ग’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । देवदत्त क्रियसनले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी देखिनुभएको छ । उत्सव पाण्डेले तयार गर्नुभएको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव झल्कन्छ । चलचित्रमा वरुण र रविनासँगै बारात लिम्बू, कृष्ण थापा, सारा राई, उज्ज्वल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सन्जोग, विशाल सेनेहाङ र बालकलाकार प्रंशु चौधरी प्रमुख भूमिकामा देखिनुभएको छ ।

चलचित्रको कथा निर्देशक चौधरीले नै लेख्नुभएको हो । तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहनुभएको चलचित्रमा हरिनारायण चौधरी कार्यकारी निर्माता हुनुहुन्छ । महेश पौडेलको छायाङ्कन, सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, मनोज थापामगर, पवन गिरी र मनोज महतोको सङ्गीत रहेको चलचित्रमा पाश्र्व ध्वनि सुशील डङ्गोल र सुदीप श्रेष्ठको रहेको छ । चलचित्रलाई निर्देशक चौधरीले अलौकिक प्रेमकथाको संज्ञा दिनुभएको छ । समाजमा देखिँदै र भोग्दै आएको भन्दा भिन्न प्रकृतिको प्रेमकथामा चलचित्र तयार भएको उहाँले बताउनुभयो ।

  himalayanvoice.com | २३ चैत्र २०८२, सोमबार २२:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online