ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४।१८ अङ्कले घटेर दुई हजार ८३३.६० बिन्दुमा कायम भएको हो ।

आज ३४२ कम्पनीको दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता सेयर एक लाख एक हजार १८० पटक खरिदबिक्री हुँदा आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैङ्किङ ०.४७, विकास बैङ्क ०.५५, वित्त ०.२९, जीवन बीमा ०.४६, लघुवित्त ०.४२, व्यापार ०.२१ र अन्य समूह १.६२ प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । आज होटल तथा पर्यटन १.०२, जलविद्युत् ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, म्युचुअल फन्ड ०.३६ र निर्जीवन बीमा ०.४६ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

  himalayanvoice.com | ३० चैत्र २०८२, सोमबार १४:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online