ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण

काठमाडौँ । गायक तथा सङ्गीतकार ईश्वर अमात्यले कुशेऔंसीको पूर्वसन्ध्यामा यःमा बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा सिटी सेन्टरको फुड कोर्टमा आज बिहीबार सार्वजनिक गरिएको हो।

आमाको सङ्घर्षको परिधिमा तयार भएको म्यूजिक भिडियोमा सुजना बज्राचार्यले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । बाल कलाकारमा समाइरा खड्गीले खेल्नुभएको छ।

ईश्वर अमात्यको सङ्गीतमा तयार भएको उक्त गीतको शब्द कृष्णबहादुर नापित त्रिशुलीले रच्नुभएको भने सङ्गीत संयोजन सुरेन्द्र श्रेष्ठको रहेको उक्त गीतलाई जोश्ना अमात्यले स्वर दिनुभएको छ ।

म्यूजिक भिडियोमाथि समीक्षा गर्नुहुदैँ वरिष्ठ पत्रकार विजयरत्न असंबरेले म्यूजिक भिडियो भने चित्रलाई मात्र पदार्पण गर्नु होइन, गीत भावना र दर्शकको मनसम्म पुग्न सक्नुपर्छ, भन्नुभयो ।

यस भिडियोमा गीतको भावना र एक महिलाको सङ्घर्षलाई सन्तुलित रूपमा पदार्पण गर्न सफल भएकोमा म्यूजिक भिडियोका टिम धन्यवादको पात्र भएको पनि बताउनुभयो । दर्जनभन्दा बढी निर्देशन गरिसकेका निर्देशकले यसमा आफनो कुशलता प्रस्तुत गरेको बताउदैँ कथा अनुसार दृश्य कैद गर्न छायाँकारको मिहिनत रहेको र सम्पादन पक्ष सवल रहेको बताउनुभयो ।

उजय शाही प्रोडक्सन म्यानेजर रहेको यस गीत दर्शनवीर शाक्यको परिकल्पना र निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायाङ्कन र सम्पादन मनोजरत्न शाहीले गर्नुभएको हो ।

  himalayanvoice.com | ३ बैशाख २०८३, बिहीबार १२:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online