ट्रेण्डिङ्ग:
|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित

काठमाडौँ । संघीय संसद्का १० वटा विषयगत समिति र दुई वटा संयुक्त समितिका सभापतिहरू निर्वाचित हुनुभएको छ ।

समितिहरूको आज बसेको छुट्टाछुट्टै बैठकले प्रतिनिधिसभाको दश वटा विषयगत समिति र दुई वटा संयुक्त दुई गरी १२ वटा समितिका सभापति निर्वाचित गरेको हो ।

समितिहरूको आज भएको निर्वाचन अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल निर्विरोध निर्वाचित हुनुभयो ।

कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा रास्वपाका सांसद समीक्षा बाँस्कोटा सर्वसम्मत निर्वाचित हुनुभयो ।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा रास्वपाका सांसद आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा रास्वपा कै सांसद आकृति अवस्थी निर्विरोध निर्वाचित हुनुभयो ।

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रास्वपाका सांसद रहबर अन्सारी निर्विरोध निर्वाचित हुनुभयो भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा रास्वपाका सांसद सुम्नीमा उदास र अर्थ समितिको सभापतिमा रास्वपाकै सांसद कृष्णहरि बुढाथोकी निर्विरोध निर्वाचित हुनुभयो ।

यस्तै सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का सर्वसम्मत रुपमा निर्वाचित हुनुभयो । रास्वपाले सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि समितिको सभापतिमा खड्काको एकल उम्मेदवारी परेको थियो ।

यस्तै संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिमा रास्वपाका सांसद बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो ।

बाँकी दुई वटा समितिहरू मध्ये प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा दुई÷दुई जनाको उम्मेदवारी परेको थियो ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका सांसद डा. ओजस्वी शेरचन र नेकपा एमालेका सांसद गुरुप्रसाद बरालको उम्मेदवारी परेको थियो । जसमा रास्वपाका सांसद डा. शेरचन बहुमतले निर्वाचित हुनुभयो ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन सभापतिमा रास्वपाका सांसद गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीका सांसद मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी परेकोमा सांसद कार्की निर्वाचित हुनुभयो ।

संघीय संसद्का १२ वटा समितिका सभापतिका लागि हिजो मनोनयन दर्ता भएको थियो ।

यसैबीच, संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले आजै पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

सभामुख डोलप्रसाद अर्यालले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

नवनिर्वाचित सभापतिहरूले सपथ ग्रहणपछि आजै आ–आफ्नो समितिमा पदभार समेत ग्रहण गर्नुभएको छ ।

  himalayanvoice.com | ४ बैशाख २०८३, शुक्रबार ११:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online