ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

अदालतको फैसला स्वीकार्छौ : मीन विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी अब सभापति गगन थापाको काँधमा आएको बताउनुभएको छ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता थापा नेतृत्वको समूहलाई दिने फैसला गरेपछि उत्पन्न परिस्थितिबारे नेता विश्वकर्माले यस्तो धारणा राख्नुभएको हो ।

शनिबार काठमाडौँको गोल्फुटारस्थित पूर्वउपसभापति पूर्णबहादुर खड्काको निवासमा आयोजित निवर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता विश्वकर्माले भन्नुभयो, “पहिले शेरबहादुर देउवाको खुट्टामा रहेको बल अहिले सर्वोच्च अदालतले गगन थापाको खुट्टामा फालिदिएको छ । अब उहाँले नै पार्टीलाई कसरी एकताबद्ध बनाउने र सबैलाई समेटेर लैजाने भन्नेमा विशेष पहलकदमी लिनुपर्छ ।”

पार्टीभित्रको कानुनी विवाद अन्त्य भएसँगै अब सबै मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । अदालतको फैसलाका केही प्राविधिक विषयमा असहमति रहे पनि कांग्रेस कानुनी राज्य र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने पार्टी भएकाले फैसला शिरोधार्य गर्ने उहाँको भनाइ छ । नेता विमलेन्द्र निधिले पनि फैसलाको विरोध नगरेको बरु केही विरोधाभासपूर्ण बुँदामा मात्रै प्रश्न उठाएको उहाँले प्रस्ट पार्नुभयो ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब राजनीतिक स्वामित्व लिनुपर्ने उल्लेख गर्दै नेता विश्वकर्माले देशभरका कार्यकर्ताको सुझाव र परामर्श लिएर पार्टीलाई गतिशील बनाउनुपर्ने बताउनुभयो । यससँगै लामो समयदेखि जारी पार्टीभित्रको कानुनी र आधिकारिकताको विवाद पनि किनारा लागेको छ ।

  himalayanvoice.com | ५ बैशाख २०८३, शनिबार १३:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online