काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५ औँ महाधिवेशन सहमतिमै सम्पन्न गर्न पूर्ण अधिकारसहितको साझा संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन्।
शनिबार पूर्णबहादुर खड्काको निवासमा सम्पन्न १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीलाई एक ढिक्का बनाएर सहमतिपूर्ण ढंगबाट अघि बढ्न साझा संयन्त्र बनाई पार्टीको १५ औँ अधिवेशन गर्ने सम्पूर्ण अधिकार सोही संयन्त्रलाई दिनुपर्ने आफ्नो राय रहेको बताए।
यस्तो संयन्त्रले सम्पन्न गर्ने अधिवेशनबाट चयन हुने नेतृत्वमा सबै पक्षको स्वामित्व उनको भनाइ छ। उनले विशेष महाधिवेशनमा पार्टीको एउटा समूह मात्र सहभागी भएको भन्दै विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गर्ने निर्णयहरु एकपक्षीय भएको टिप्पणी गरे।
गत पुसमा सम्पन्न पार्टीको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको थियो। त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च गएको थियो। शुक्रवार सर्वोच्च अदालतले थापा पक्षलाई वैधानिकता दिएको थियो।
प्रतिक्रिया