ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त

नेपालगञ्ज । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले हराउँदै नाइजेरियन क्लब ‘एम्टी एरिना’ प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । 

फाइनल प्रवेशसँगै नाइजेरियन टोलीले जेविएम फुटबल एकेडेमी लखनउसँगको उपाधि भिडन्त पक्का गरेको हो । दुवै प्रतियोगिताका विदेशी टोली हुन् । आइतबार अब उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । आइतबार ४ बजे फाइनल खेल हुने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिनुभयो ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता नकआउट आधारमा खेलाइएको  हो । प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ ।

प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लीलबहादुर थापाको सौजन्यमा प्रदान गरिनेछ ।

  himalayanvoice.com | ५ बैशाख २०८३, शनिबार १४:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online