ट्रेण्डिङ्ग:
|राजनीतिक दल बन्ने प्रक्रियामा पहिलो महाधिवेशनमा जुट्यो रास्वपा|बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै|आइसले गत वर्ष १७४ डाका प्राप्तकर्ताहरूलाई देश निकाला गरेको तथ्य सार्वजनिक|ट्रम्पले भने कि अमेरिकी वार्ताकारहरू इरानसँग वार्ता गर्न सोमबार पाकिस्तान जानेछन्|कोशीमा बर्डफ्लु विपत्ति : २ लाख २७ हजार कुखुरा मारिँदै|निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल|विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले अब घरबाटै नो अब्जेक्सन लेटर लिन सक्ने|कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

कोशीमा बर्डफ्लु विपत्ति : २ लाख २७ हजार कुखुरा मारिँदै

विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठुलो सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु फैलिएको छ । बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि त्यहाँ रहेका १ लाख ५५ हजार कुखुरा मार्ने तयारी गरिएको छ ।

कोशी प्रदेशका दुई ठुला फार्ममा रहेको २ लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट मार्ने प्रक्रिया सुरु गरिएको छ । बर्डफ्लु सङ्क्रमण भई एउटै फार्ममा यति धेरै सङ्ख्यामा पक्षी नष्ट गर्न लागेको यो कोशी प्रदेशको इतिहासमै सबैभन्दा ठुलो घटना हो ।

सुनसरीको रामधुनी र मोरङको बूढीगङ्गामा रहेका दुई ठुला फार्ममा पछिल्लो पटक सङ्क्रमण पुष्टि भएको हो । सरकारी टोलीले आजैदेखि कुखुरा मार्ने (कुलिङ) कार्य थाल्ने जनाएको छ ।

सुनसरीको रामधुनी नगरपालिकामा रहेको ‘सुनसरी पोल्ट्री फार्म’ मा १ लाख ५५ हजार र मोेरङको बुढीगङ्गास्थित पूर्वाञ्चल ग्रुपको फार्ममा ७२ हजार कुखुरा नष्ट गर्ने सबै प्राविकिध तयारी पूरा भइसकेको छ ।

पशु सेवा विभागले दुई दिनअघि नै उक्त फार्ममा बर्डफ्लू भएको पुष्टि गरेको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोजकुमार महतोका अनुसार ७ हजार कुखुरा सङ्क्रमणले आफैँ मरिसकेका छन् । बाँकी कुखुरालाई सङ्क्रमण थप फैलिन नदिन मार्नुपर्ने बाध्यता छ । यति ठुलो सङ्ख्यामा कुखुरा नष्ट गर्न जनशक्तिको ठुलो टोली परिचालन गरिएको छ ।

कुखुरा मार्न र खाल्डो खनेर पुर्न ११० जना कामदार खटिने उहाँले जानकारी दिनुभयो । जसमा फार्ममा कार्यरत ८० जना र बाहिरबाट थपिएका ३० जनाले यतिबेला काम गरिरहेका छन् । प्राविधिक र कामदारका लागि यो काम निकै चुनौतीपूर्ण बनेको डा. महतोले बताउनुभयो ।

भेटेरिनरी अस्पताल मोरङका प्रमुख डा. अजयकुमार शाहका अनुसार बुढीगङ्गामा ७२ हजार कुखुरा पनि आजै नष्ट गर्ने तयारी छ । कुखुरा नष्ट गर्ने प्रक्रिया निकै सावधानीपूर्वक गर्नुपर्ने र सङ्क्रमित कुखुरालाई कुनै रसायन प्रयोग नगरी हिर्काएर मार्नुपर्ने भएकाले निकै समय र जनशक्ति लाग्ने महतोले बताउनुभयो ।

“कुखुराको टाउकोमा हिर्काएर नष्ट गरिन्छ“ उहाँले भन्नुभयो, “त्यसपछि गहिरो खाल्डो खनेर चुन र ब्लिचिङ पाउडर प्रयोग गरी सुरक्षित तरिकाले पुर्नुपर्छ ।” ठुलो सङ्ख्यामा कुखुरा पुर्नका लागि डोजरहरूको प्रयोग गरिएको छ ।

सुनसरीमा बर्डफ्लुको प्रकोप भयावह बन्दै गएको छ । जिल्लाका १६ देखि १७ वटा प्रभावित क्षेत्रमा यसअघि नै २ लाखभन्दा बढी कुखुरा नष्ट गरिसकिएको छ । आजको ठुलो सङ्ख्या थपिँदा यो तथ्याङ्क अझै बढ्ने छ ।

यस घटनाले कोशी प्रदेशको पोल्ट्री क्षेत्रमा अर्बौंको लगानी जोखिममा परेको छ । साना किसानदेखि ठुला व्यवसायीसम्म मारमा परेका छन् । बैँकको ऋण लिएर व्यवसाय गरेका किसानहरू आफ्नो लगानी आँखा अगाडि नष्ट भएको देखेर चिन्तित छन् ।

सरकारले बर्डफ्लुबाट क्षति भएका किसानलाई ७५ प्रतिशतसम्म राहत दिने कानुनी व्यवस्था गरेको छ । तर प्रक्रियागत ढिलाइ र बजेटको अभावले किसानहरूमा त्रास छ । हाल प्रशासनले प्रभावित क्षेत्रलाई सिल गरेको छ । कुखुराजन्य पदार्थ, मासु, अण्डा र दाना ओसार–पसारमा प्रतिबन्ध लगाइएको छ ।

  himalayanvoice.com | ६ बैशाख २०८३, आईतवार ११:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online