ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

राजनीतिक दल बन्ने प्रक्रियामा पहिलो महाधिवेशनमा जुट्यो रास्वपा

काठमाडौँ । पार्टी स्थापनाको तीन वर्षमै प्रतिनिधि सभामा झन्डै दुईतिहाइ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले यही वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रीय समिति सदस्यसमेतको उपस्थिति रहेको थियो । रास्वपा प्रवक्ता मनीष झाका अनुसार पार्टी सभापति लामिछानेको निर्देशनमा सबै सदस्यलाई सोमबारको बैठकमा अनिवार्य उपस्थितिको सूचना जारी गरिएको छ ।

बैठकले पार्टीको प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहोरालाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि यस विभागको प्रमुख रहनुभएका डोलप्रसाद (डिपी) अर्याल प्रतिनिधि सभाको सभामुख बनेसँगै सांसद बोहोरालाई उक्त जिम्मेवारी दिइएको प्रवक्ता झाले बताउनुभयो ।

आइतबार बसेको सचिवालय बैठकले तय गरेको कार्यसूची अनुसार सोमबार बस्ने केन्द्रीय समिति बैठकले जिल्ला अधिवेशन कार्यविधि तयार गर्ने, बैङ्क खाता सञ्चालन गर्ने, केन्द्रीय आयोग गठन गर्नेबारे निर्णय गर्ने छ ।

यसै गरी केन्द्रीय समिति बैठकमा सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मसौदा समिति गठनलगायतका विषयमा छलफल हुने छ ।

  himalayanvoice.com | ६ बैशाख २०८३, आईतवार २२:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online