ट्रेण्डिङ्ग:
|एम्नेस्टी इन्टरनेशनल र अधिकार समूहहरूद्वारा अमेरिकाको लागि विश्वकप यात्रा सल्लाह जारी|कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै|नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान|बेलायत र फ्रान्सेली सरकारद्वारा इङ्लिस च्यानल हुँदै आप्रवासी क्रसिङ रोक्न ३ वर्षे सम्झौतामा हस्ताक्षर|डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक सङ्घ’ गठन |कांग्रेस संसदीय दलको विधान पारित, भोली उम्मेदवारी दर्ता|प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा र प्रादेशिक पुरस्कार घोषणा|प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने सरकारको निर्णय

नेप्से परिसूचक १७ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा आज पनि गिरावट आएको छ । 

आज नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ७८७ दशमलव १५ को बिन्दुका कायम भएको हो । यो शून्य दशमलव ६० प्रतिशतले घटेको हो । विगत चार कारोबार दिनयता शेयर बजारमा लगातार गिरावट आइरहेको छ ।

अघिल्लो दिन दुई हजार ८०४ अङ्कमा रहेको बजार आज दुई हजार ७८७ को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । अघिल्लो दिन सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएकामा आज उक्त रकम घटेर रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ मा पुगेको छ ।

आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको मूल्य घट्नुका साथै सात कम्पनी स्थिर रहेका छन् । आज ३४८ कम्पनीको एक करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर ९३ हजार ९०७ पटक खरिदबिक्री हुँदा रु रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ को कारोबार भएको नेप्सेले जनाएको छ ।

उत्पादन तथा प्रशोधन शून्य दशमलव ६० र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका परिसूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा बढी एक दशमलव ४२ प्रतिशतले घटेको छ ।

बैङ्किङ शून्य दशमलव ७६, विकास बैङ्क शून्य दशमलव शून्य आठ, फाइनान्स एक दशमलव शून्य छ, हाइड्रोपावर एक दशमलव शून्य पाँच, लगानी शून्य दशमलव ५३, जीवन बिमा शून्य दशमलव ४३, माइक्रो फाइनान्स शून्य दशमलव ५३, निर्जीवन बिमा एक दशमलव १९ तथा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य नौ दशमलव २४ प्रतिशतले बढेको छ ।

  himalayanvoice.com | १० बैशाख २०८३, बिहीबार १२:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online