ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

घरेलु टोली रुवान्डामाथि नेपालको जित

काठमाडौँ । रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले पराजित गरेको छ । 

नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएको हो । रुवान्डाका लागि म्यारी बिमेन्यिमानाले सर्वाधिक १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

रुवान्डालाई ६५ रनमा समेट्ने क्रममा नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान दुई–दुई विकेट लिइन् ।

त्यसअघि ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०३ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३३ रन बनाइन् भने कविता कुँवरले २४ तथा रुबिना क्षेत्रीले ११ रन बनाइन् ।

रुवान्डाका लागि हेनरित इसिम्वेले तीन विकेट लिँदा म्यारी बिमेन्यिमानाले दुई तथा बेलिसे मुरिकातेते र रोसिन इरेराले समान एक–एक विकेट लिए ।

नेपालले यसअघि पनि रुवान्डालाई दुई विकेटले पराजित गरेको थियो । यसैगरी, नेपाल अमेरिकासँग दुवै खेलमा पराजित भएको थियो । यस्तै, नेपालले इटालीसँग जित निकाल्दा भानुआतुसँग भने पराजित भएको थियो ।

हालसम्म नेपालले छ खेलमा छ अङ्क जोडेको छ भने अब इटाली र भानुआतुसँग खेल्न बाँकी छ । डबल राउन्ड रोबिन लिगका आधारमा भएको उक्त प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ ।

  himalayanvoice.com | १५ बैशाख २०८३, मंगलवार ११:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online