ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

अष्ट्रेलियाको यती एफसीमा सज्जन शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा रहेको यती एफसी क्लबले सज्जन शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

क्लबको वार्षिक साधारण सभाले शर्माको अध्यक्षतामा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो। निर्वाचित कार्यसमितिको उपाध्यक्षमा आशिम पन्त र ज्ञान श्रेष्ठ हुनुहुन्छ ।

यस्तै सचिवमा चाँदनी रुक्सन राई, सहसचिवमा अभियान प्रधान, कोषाध्यक्षमा विपासना लामा र सह–कोषाध्यक्षमा पंकज लामिछाने चयन हुनुभएको छ ।

यस्तै क्लबको सदस्यहरुमा अनामिका राई गुरुङ, राज शर्मा, कर्ण राणा, हरि गुरुङ, कालु गुरुङ, प्रचन श्रेष्ठ, भरत राणा, निराजन गुरुङ, विशन गुरुङ, उकेश श्रेष्ठ, राज सापकोटा, रोशन श्रेष्ठ, अरुण श्रेष्ठ, सुन्दर कार्की, प्रबिन गुरुङ, एलन न्यौपाने र बियान्का रहनुभएको छ ।

सन् २००१ मा स्थापना भएको नेपाली समुदायको यती एफसी क्लबले स्थापनाको २५औँ वर्ष (रजत जयन्ती) समेत मनाउने तयारी गरिरहेको छ । यसअघि क्लबको अध्यक्ष कर्ण राणा हुनुहुन्थ्यो ।

  himalayanvoice.com | १५ बैशाख २०८३, मंगलवार ११:५५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online