ट्रेण्डिङ्ग:
|क्याल भिसिबीले क्यालिफोर्नियाभरि यौन दुर्व्यवहार पीडितहरूलाई आर्थिक सहयोग प्राप्त गर्न मद्धत गर्दछ|बार्सिलोनामा गित, संगीत, नृत्य र सांस्कृतिक प्रदर्शनी सहित नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न|हैटी र सिरियाका आप्रवासीहरूको सुरक्षा अन्त्य गर्न ट्रम्प प्रशासनले दिएको दबाब बारे सर्वोच्च अदालतले विचार गर्दै|लुटपाटको डरले पसलहरू बन्द हुँदा अवैध आप्रवासनको विरोधमा जोहानेसबर्गमा प्रदर्शन|मिथिला चित्रकला ‘हाम्रो साहस, हाम्रो कला’|अलौकिक चमत्कार|‘लाली बजार’ को प्रदर्शन रोक्ने आदेशविरुद्ध चलचित्रकर्मी सडकमा|१५ औँ महाधिवेशनका लागि कांग्रेसको सक्रियता : सदस्यता नवीकरण र वर्गीकरण हुँदै|अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह|आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग पराजित 

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक बैठकमा सरकारले संसद छलेर अध्यादेश ल्याएको विषय, त्यसको राजनीतिक असर र प्रतिवाद रणनीतिबारे छलफल हुने बताइएको छ।

काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्यसबारे धारणा तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाउनुभएको हो । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेतालाई आमन्त्रण गरिएको छ।

बैठकमा सरकारले संसद छलेर अध्यादेश ल्याएको विषय, त्यसको राजनीतिक असर र प्रतिवाद रणनीतिबारे छलफल हुने बताइएको छ।

मंगलबार राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि अध्यादेश पुगेपछि मात्र सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो। यसप्रति विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले सरकारको कदमलाई अलोकतान्त्रिक र संसदको अपमान भएको टिप्पणी गर्नुभएको छ। उहाँले लोकतन्त्र, संविधान र जनअभिमतको मर्म मिच्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सरकारले ल्याएका अध्यादेशप्रति विभिन्न विपक्षी दलहरूलेसमेत आपत्ति जनाउँदै आइरहेका छन् ।

  himalayanvoice.com | १५ बैशाख २०८३, मंगलवार २३:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online