ट्रेण्डिङ्ग:
|युएससीआईएसको ज्ञापनपत्र अनुसार ग्रिनकार्ड आवेदक स्वदेश फर्किनु पर्ने नियमले आप्रवासीलाई डरलाग्दो कानुनी पासोमा पार्दैछ|क्षतिग्रस्त रासायनिक ट्याङ्कीबाट विस्फोट वा चुहावट रोक्न प्रयासरत दक्षिणी क्यालिफोर्नियाका अधिकारीहरू|संविधान संशोधन कार्यदलद्वारा शासकीय स्वरूप र निर्वाचन प्रणाली जस्ता विषयमा सुझाव सङ्कलन|कान्सको जुरी प्राइज अवार्डद्वारा सम्मानित ‘एलिफेन्ट इन द फग’ टोली स्वदेश फर्कियो|नेपाल अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश|परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड|हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा, हिमपात, तराईमा तातो हावा|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो सन् १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत तथा चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ ।

सो विषयका सम्बन्धमा आज पुनः स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको जनाएको हो ।

साथै, लिपुलेक क्षेत्र नेपाली भू–भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराई सकिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीद्वारा आज जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

सन् १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल र भारतबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा तथा प्रमाणका आधारमा सीमा समस्या समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

  himalayanvoice.com | २० बैशाख २०८३, आईतवार १९:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online