ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : नेपाली कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै नेपाल सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई नेपाली काँग्रेसले सकारात्मक रूपमा लिएको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले सो बारेमा निर्णय गर्दै विसं २०७२ मा पार्टीका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले उक्त विषय तत्काल सच्याउन आग्रहसहित भारत र चीन दुवै सरकारलाई कूटनीतिक नोट पठाएको कूटनीतिक पहल सम्बन्धमा समेत स्मरण गराएको छ ।

गगनकुमार थापा सभापतित्वको बैठकले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भारत र चीन बीच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको र यस सम्बन्धमा काँग्रेसले विगतदेखि संस्थागत धारणा स्पष्ट ढङ्गले राख्दै आएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सन् १८१६ को सुगौली सन्धि, नेपालको ऐतिहासिक नक्सा, अभिलेख, दस्ताबेज र प्रमाणको आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत नेपालको भूमि भएको आधिकारिक दृष्टिकोण काँग्रेसले राख्दै आएको छ । “कांग्रेस यो दृष्टिकोण र अडानमा स्पष्ट छ । भारत र चीन दुवै देशले नेपालको सार्वभौमिकताप्रति संवेदनशील हुनेछन् भनी काँग्रेसले विश्वास लिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

  himalayanvoice.com | २१ बैशाख २०८३, सोमबार १२:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online