ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

अनुमति बिना यार्सागुम्बा टिप्न गएका २५ जना मुगुमा पक्राउ

मुगु। हिमाली जिल्ला मुगुमा लुकीछिपी यार्सागुम्बा संकलन गर्न गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाका विभिन्न यार्सा पाटन क्षेत्रमा अनुमति बिना प्रवेश गर्दै गरेका २५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा जाँदै गरेका जुम्लाको पातारासी गाउँपालिका–१ र २ का एक बालिका सहित २५ जनालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाले अनुमति बिना वन तथा पाटन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको बताउनुभयो । यसअघि पनि यार्सा चोरी गर्न जाने व्यक्तिहरूलाई पक्राउ गरी सम्झाइबुझाइ गरेर घर फर्काउने गरिएको उहाँले जानकारी दिनुभयो ।

यसपटक पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई हाजिरी जमानीमा छोड्ने तयारी समेत गरिएको छ ।

हालसम्म मुगुम कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा संकलनका लागि आधिकारिक सूचना जारी गरेको छैन । पाटन क्षेत्र औपचारिक रूपमा नखुल्दै कोही पनि त्यतातर्फ नजान गाउँपालिकाले आग्रह गर्दै आएको छ ।

यार्सागुम्बा संकलनको समय नजिकिँदै जाँदा जिल्लाका पाटन क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यो वर्ष पाटन कहिलेदेखि खुलाउने भन्ने विषयमा भने अझै निर्णय सार्वजनिक भएको छैन ।

मुगुका दुई दर्जनभन्दा बढी पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि हरेक वर्ष हुम्ला, जुम्ला, बाजुरा, कालिकोट, अछामलगायत जिल्लाबाट संकलक र व्यापारी आउने गर्छन् । यार्सागुम्बा दुर्गम क्षेत्रका धेरै परिवारका लागि मुख्य आम्दानी स्रोत मानिन्छ ।

  himalayanvoice.com | २५ बैशाख २०८३, शुक्रबार ००:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online