ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहारालाई

नेपालगञ्ज । चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहारा क्लबले जितेको छ । निकै प्रतिस्पर्धात्मक तथा रोचक फाइनल खेलमा कोहलपुर रेसिङ सहारा क्लबले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । खेल एक(एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको हो ।

उपाधिसँगै रेसिङ सहाराले ट्रफीसहित आठ लाख रुपैयाँ हात पारेको छ भने पुलिसले उपविजेता बन्दै चार लाखमै चित्त बुझाएको छ । बैशाख १९ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा क्लब, पञ्चकोशी युवा क्लब, लालीगुराँस एसोसिएसन क्लब, सातदोबाटो युवा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र नेपाल पुलिस क्लब सहभागी थिए ।

कोहलपुर-२ स्थित तेह्र बिघा खेल मैदानमा प्रतियोगिता आयोजना भएको हो ।

  himalayanvoice.com | २६ बैशाख २०८३, शनिबार १०:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online