ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

इरानले विश्वकप खेल्ने, अघि सार्‍यो १० सर्त  

तेहरान । इरानको फुटबल सङ्घले सन् २०२६ को विश्वकपमा पुरुष राष्ट्रिय टोलीले भाग लिने शनिबार बताएको छ । इरानी टोलीले मध्यपूर्वमा रहेको युद्धलाई सङ्केत गर्दै आयोजकलाई आफ्ना केही सर्तलाई सम्बोधन गर्न तयार हुनुपर्ने पनि बताएको छ। 

इरानी सङ्घका अध्यक्ष मेहदी ताजको इरानको सेनाको वैचारिक शाखा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) सँग सम्बन्ध रहेको भन्दै क्यानाडाले गत महिना फिफा कङ्ग्रेसमा सङ्घका प्रमुखलाई प्रवेश गराउन  अस्वीकार गरेपछि देखिएको अन्योलबिच इरानको यो भनाइ आएको हो ।

जुन ११ देखि जुलाई १९ सम्म हुने प्रतियोगितामा इरानको उपस्थिति अमेरिका र इजरायलको आक्रमणपछि फेब्रुअरीमा मध्य पूर्वमा युद्ध सुरु भएदेखि अनिश्चितताबिच गुज्रेको थियो।

“हामी सन् २०२६ को विश्वकपमा अवश्य सहभागी हुनेछौँ, तर आयोजकले हाम्रो चिन्तालाई मनन गर्नुपर्नेछ,” इरानी महासङ्घले आफ्नो आधिकारिक वेबसाइटमा भनेको छ।

विज्ञप्तिमा भनिएको छ, “हामी विश्वकप प्रतियोगितामा भाग लिनेछौँ, तर हाम्रो विश्वास, संस्कृति र विश्वासबाट पछि हट्ने छैनौँ ।”

इरानी फुटबल महासङ्घ (एफएफआइआरआई) का अध्यक्ष ताजले शुक्रबार सरकारी टेलिभिजनसँग भन्नुभयो, “तेहरानसँग विश्वव्यापी प्रदर्शनमा भाग लिनका लागि १० सर्त छन्।”

सर्तहरूमा राष्ट्रिय टोलीका सबै कर्मचारीहरूलाई भिसा प्रदान गर्ने, सम्मान गरिनुपर्ने प्रतियोगिताको क्रममा टोलीको झन्डा र राष्ट्रिय गानको सम्मानका साथै विमानस्थल, होटल र स्टेडियमको मार्गमा उच्च सुरक्षाको माग समावेश गरिएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले प्रतियोगितामा इरानका फुटबलरलाई हार्दिकताका साथ स्वागत गरिने बताउनुभएको छ।

उहाँले भन्नुभयो, “अमेरिकाले आतङ्कवादी सङ्गठनको रूपमा घोषणा गरेका र अहिले पनि आईआरजीसीसँग सम्बन्ध भएका इरानी प्रतिनिधिमण्डलका सदस्यहरूलाई प्रवेशमा रोक लगाउन सक्छ।”

इरानी फुटबल प्रमुख ताजले भन्नुभयो, “सबै खेलाडी र प्राविधिक कर्मचारीहरू, खासगरी इस्लामिक रिभोलुसनरी गार्ड कोर ९आइआरजिसी० मा सैन्य सेवा गरेका मेहदी तारेमी र एहसान हजफीलाई बिना कुनै समस्या भिसा दिइनुपर्छ।”

विश्व फुटबलको सर्वोच्च निकाय फिफा प्रमुख जियानी इन्फान्टिनोले विश्वकप फुटबलका इरानका खेलहरू निर्धारित तालिकाअनुसार नै अमेरिकामा हुने बताउनुभएको छ।

विश्वकपका लागि एरिजोनाको टक्सनमा रहने इरानले समूह ‘जी’ मा न्युजिल्यान्ड, बेल्जियम र इजिप्टको सामना गर्नेछ ।

इरानले विश्वकपको आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डसँग खेल्नेछ ।

इरानले शनिबार भनेको छ, “कुनै पनि बाह्य शक्तिले इरानलाई योग्यताका साथ छनोट भएको कपमा सहभागी हुनबाट वञ्चित गर्न सक्दैन ।”

  himalayanvoice.com | २६ बैशाख २०८३, शनिबार १९:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online