ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

जुम्लाका धीरबहादुर र सुनमायाले जिते छायाँनाथ ट्रेल अल्ट्रा रेसको उपाधि

जुम्ला । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाद्वारा आयोजित प्रथम छायाँनाथ ट्रेल अल्ट्रा रेसको उपाधि जुम्लाकै धावकले जितेका छन् । प्रतियोगिताको महिला र पुरुष तर्फको दुवै उपाधि जुम्लाका धावकले जितेका हुन् । 

मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा आयोजित प्रथम छायाँनाथ ट्रेल अल्ट्रा रेसको उपाधि पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढाले स्वर्ण पदक जितेका हुन् ।

कार्मारोङ क्षेत्रलाई खेल पर्यटन गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको ३३ किमी दुरीको रेसमा पुरुष तर्फका विजेता धीरबहादुरले निर्धारित दुरी ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा पार गरेका थिए ।

साथै जुम्लाकै दलबहादुर कुँवर ४ घण्टा २ मिनेट १० सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो भए । भने चन्द्रबहादुर रावतले ४ घण्टा ५ मिनेटमा दूरी पार गरेर तेस्रो भएका छन्  ।

त्यसैगरी अर्जुन कुलुङ राईले ४ घण्टा २४ मिनेटमा चौथो र रमेश लिम्बु ४ घण्टा ३० मिनेट १० सेकेन्डमा दूरी पार गरेर पाँचौँ स्थान ओगट्न सफल भए ।

महिलातर्फ जुम्लाकै सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेकी छन् । भने राममाया बुढाले ५ घण्टा २६ मिनेट ४० सेकेन्डमा दुरी पार गरेर दोस्रो र कल्पना बुढाले ५ घण्टा ३५ मिनेट २० सेकेन्डमा दूरी पार गरी तेस्रो  स्थानमा आएका हुन् ।

सम्झना बुढाले ५ घण्टा ४० मिनेट १० सेकेन्डमा चौथो र निर्मला राईले ५ घण्टा ४८ मिनेटमा दूरी पार गरेर पाँचौँ स्थान हासिल गरे ।

प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए । धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेस किम्रीबाट सुरु भई छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सकिएको थियो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम आउनेले नगद जनही दुई लाख रुपैयाँ, मेडल  र प्रमाणपत्र पाउने छन् ।

यस्तै, दोस्रो हुनेले नगद एक लाख ५० हजार रुपैयाँ, तेस्रोले  एक लाख नगद, चौथो हुनेले ७५ हजार तथा पाँचौँ हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

  himalayanvoice.com | ३ जेष्ठ २०८३, आईतवार ०९:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online