ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

जंगली भ्याकुर खाँदा एकको मृत्यु, आठ गम्भीर बिरामी बिरामी हुनेहरु बडिगाड गाउँपालिका –५ खारका ५५ वर्षिय दुरपती कामी, ५५ वर्षिय विष्णु घिमिरे, २३ वर्षिया शारदा न्यौपाने, ४३ वर्षिय सुरेन्द्र विक, ६३ वर्षिय भोजराज घिमिरे, ६२ वर्षिया पुतली घिमिरे, ६५ वर्षिय खिमानन्द घिमिरे र १४ वर्षिय अबिसन घिमिरे रहेका छन् । बिरामीमध्ये दुरपती कामीको अवस्था गम्भीर रहेको छ ।

बागलुङ । निगुरो टिप्न जंगल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जंगली भ्याकुर सेवन गर्दा आठ जना बिरामी परेका छन् ।

घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका वडा नं. ५ दाग घर भई खार बस्ने ७२ वर्षिय फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

प्रहरी निरीक्षक मानन्धरका अनुसार, दीर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुरको सेवनपछि बिरामी परेका छन् । बिरामी हुनेहरु बडिगाड गाउँपालिका –५ खारका ५५ वर्षिय दुरपती कामी, ५५ वर्षिय विष्णु घिमिरे, २३ वर्षिया शारदा न्यौपाने, ४३ वर्षिय सुरेन्द्र विक, ६३ वर्षिय भोजराज घिमिरे, ६२ वर्षिया पुतली घिमिरे, ६५ वर्षिय खिमानन्द घिमिरे र १४ वर्षिय अबिसन घिमिरे रहेका छन् । बिरामीमध्ये दुरपती कामीको अवस्था गम्भीर रहेको छ ।

बिरामी सबैको अहिले बुर्तिबाङ जिल्ला अस्पतालमा उपचार चलिरहेको र एक जनाको अवस्था जटिल रहेको अस्पतालका सूचना अधिकारी पार्वती अर्यालले जानकारी दिए । सूचना अधिकारी अर्यालयका अनुसार बिरामीहरु चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र वान्ता हुने लक्षणहरु देखिएको छ ।

नियमितजस्तै उहाँहरु आइतबार पनि जंगलमा निगुरो टिप्न गएको र खाजामा दिउँसो जंगलबाट ल्याएको भ्याकुर खाएपछि बिरामी परेको स्थानीयले बताएका छन् ।

  himalayanvoice.com | ३ जेष्ठ २०८३, आईतवार १८:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online