वीरगञ्ज । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले आज राती ९ बजे बीरगन्जबाट पक्राउ गरेको छ ।
प्रसाईँलाई वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन । प्रसाईँसँग केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए ।
राजनीतिक भेटघाट तथा वीरगञ्जस्थित गहवामाई मन्दिरमा पूजापाठ गर्ने उद्धेश्यसहित आएका प्रसाईँ आज साँझ सिमरा हुँदै वीरगन्ज आइपुगेका थिए ।
प्रतिक्रिया