ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

सुशासन सरकारको शीर्ष प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन सरकारको शीर्ष प्राथमिकता रहेको बताउनुभएको छ । 

प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सुशासनविना दिगो आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार सिष्टम सुधारमार्फत आर्थिक सुधारको बाटोमा अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री वाग्लेले सरकारले अघि सारेको अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौँ युवाहरूका लागि रोजगारी सिर्जनाका साथै नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने पनि बताउनुभयो ।

बैठकमा अर्थमन्त्री वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक जेठ ६ गते, भोलि बिहान ११ बजे बस्नेछ ।

  himalayanvoice.com | ५ जेष्ठ २०८३, मंगलवार ०८:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online