ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

हुम्लाको नेप्का गाउँमा बाढी, पहिरो, विद्यालयसहितका भवन, गोठ र भेडाबाख्रा बगे वडाध्यक्ष हर्कधन तामाङका अनुसार बाढी–पहिरोका कारण आफ्नो र धनसिंह तामाङको गोठ पुरिँदा भेडाबाख्रा समेत पुरिएका छन्। गाउँमा कोदो खेती हुने धेरै जमिन बाढीले बगाएर क्षतविक्षत बनाएको उहाँले बताउनुभयो।

हुम्ला । हुम्लाको नेप्का गाउँमा आएको बाढी–पहिरोले विद्यालय भवन, गोठ तथा भेडाबाख्रामा ठूलो क्षति पुर्‍याएको छ।

गएराति परेको असिना–पानीसहितको बाढीले डाँफे आधारभूत विद्यालय बगाएको छ। साथै खेतीयोग्य जमिन र गोठहरू पनि बाढीले क्षतिग्रस्त बनाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

चंखेली गाउँपालिका–५ का स्थानीय छक्कबहादुर तामाङका अनुसार वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पहिरोले पुरिएका छन्। गोठसँगै भेडाबाख्रामा समेत क्षति पुगेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख संकर खड्काका अनुसार गएराति करिब साढे ११ बजे बाढी–पहिरो गएको हो। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।


उहाँका अनुसार प्रहरी टोली घटनास्थलतर्फ गएको भए पनि दुर्गम भौगोलिक अवस्थाका कारण अहिलेसम्म पुग्न सकेको छैन। टोली दिउँसोसम्म घटनास्थल पुग्ने र त्यसपछि मात्रै क्षतिको यकिन विवरण आउने बताइएको छ।

वडाध्यक्ष हर्कधन तामाङका अनुसार बाढी–पहिरोका कारण आफ्नो र धनसिंह तामाङको गोठ पुरिँदा भेडाबाख्रा समेत पुरिएका छन्। गाउँमा कोदो खेती हुने धेरै जमिन बाढीले बगाएर क्षतविक्षत बनाएको उहाँले बताउनुभयो।

चंखेली गाउँपालिका अन्तर्गत तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन्। गाउँपालिकाको केन्द्र पिप्लाङबाट निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ।

  himalayanvoice.com | ५ जेष्ठ २०८३, मंगलवार २३:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online