ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

स्वास्थ्य मन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच द्विपक्षीय भेटवार्ता भएको छ । 

स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभामा सहभागी हुने गएको बेला उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटवार्तामा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको छ ।

भेटवार्तामा मन्त्रालयका प्रवक्ता यशोदा अर्यालसमेत सहभागी हुनुहुन्थ्यो । स्वास्थ्य मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन यही जेठ ३ गते जेनेभा जानुभएको थियो ।

  himalayanvoice.com | ६ जेष्ठ २०८३, बुधबार १८:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online