ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

नेप्से परिसूचकमा ३० अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६८ अङ्कले उकालो लागेर ४७१ दशमलव शून्य छ मा पुगेको छ । कूल ३४६ कम्पनीको एक करोड छ लाख ६१ हजार ४७६ कित्ता शेयर रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्यमा खरिद बिक्री भयो ।

कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै, आँखु खोला हाइड्रोपावर, अपि पावर कम्पनी, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

यस्तै, अप्पर लोहोरे खोला हाइड्रोपावर, माउण्टेन हाइड्रोपावर, बुङ्गल हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र सिटी होटलका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, एसबिएल डिवेञ्चर, प्राइम डिवेञ्चर, बोटलर्स नेपाल बालाजु र नेपाल एसबिआई बैंक डिवेञ्चरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । कारोबार भएका मध्ये कूल २४८ कम्पनीको शेयर मूल्य बढ्दा, २१ कम्पनीको भने घटेका छन् ।

  himalayanvoice.com | ६ जेष्ठ २०८३, बुधबार १९:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online